सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु «

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट बुधबारेदखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् ।

मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर हुनेछ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहेका छन् । सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भएको छैन । सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ र प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बिमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । दुवै कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो भने गत असार २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्