Logo

इन्फिनिटी लघुवित्तको छैटौं वार्षिकोत्सव

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिकोत्सव मनाएको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पाएर कारोबार सरु गरेको हो ।

वित्तीय संस्थाको चुक्तापुँजी ४१ करोड ४५ लाख १३ हजार रहेको छ । संस्थाले देशभरी नै लघुवित्त सेवाविस्तार गर्ने अठोट लिएअनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थामा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ भदौदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुँच नेपालका सातै प्रदेशका ४७ जिल्लामा रहेको छ ।

छैटैं वार्षिकोत्सवको अवसरमा वित्तीय जनचेतनासहित प्रभातफेरि कार्यक्रम गरी विभिन्न कार्यालयलाई फोहोर व्यवस्थानका लागि आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्