Logo

इमर्जिङ नेपालको साधारणसभा सम्पन्न

इमर्जिङ नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ । यस्तै आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी ‘होटल एलिस द वोण्डर इन लि’ को आ.व. २०७८/०७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि बाह्य लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा विकास सिलवाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्