Logo

जिभीको १३:११ एनिभर्सरी सेल २७ कात्तिकदेखि

अनलाइन बजार जिभीले १३:११ र एनिभर्सरी सेल अफर ल्याउने भएको छ ।
२७ कात्तिकदेखि २ मंसिरसम्म लागु हुने यस अफरमा ८२ प्रतिशतसम्म छुट हुने कम्पनीले बताएको छ । यी अफरहरू स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सामग्रीहरूमा हुने बताइएको छ ।
यो अफर स–साना बच्चाहरूका अभिभावकलाई लाभदायी हुने कम्पनीले बताएको छ । त्यस्तै, मेगा गिभ अ वे अफर अन्तर्गत उच्च गुणस्तरीय लुइस भिटन ब्याग पाउन सकिने बताइएको छ । यो ब्याग पाउनको लागि ग्राहकले ५ हजार रुपैयाँ वा सो भन्दा बढीको किनमेल गर्नु पर्नेछ ।
त्यसका साथै, २ मोर देन ११ अफर अन्तर्गत ११:११ भन्दा २ प्रतिशत बढी छुट पाउन सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्