Logo

सेन्साईको ‘३को झट्का’ योजनाको विजेता घोषणा

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले दसैं तिहार लक्षित गर्दै सार्वजनिक गरिएको सेन्साई ३को झट्का नामक योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा ‘आर १५भि थ्री बाइक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिनेछ ।
सोही योजनाअन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको छ । यस पहिलो लक्की ड्रको विजेता बिरगन्ज निवासी अकलेशकुमार पटेल भएका छन् । उनले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले बिरगन्जको आर.के इलेक्ट्रोनिक्स्मार्फत सेन्साइको चेस्ट–फ्रीजÞर खरिद गरेका थिए ।
सोही योजनामा लक्की ड्रमार्फत अझै पनि थुप्रै भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनैपनि सामानको खरिदपश्चात सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ माए एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले यो योजना अब केही दिनका लागि मात्र बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्