Logo

सिटिजन्स बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित नेसनल प्याथ ल्याबबीच छुट दिनेबार सम्झौता भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डबाहकले ल्याबका विभिन्न सेवा लिएबापत १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
ग्राहकको सुविधाका लागि बैंकले यसअघि नै अनलाइन्बाट केवाइसी अपडेट, र नागरिक एपबाट खाता खोल्न सक्ने सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्