बदाहुवाको दसैं अफर

नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीक रुपमा आयात तथा वितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दसैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसर पारेर ‘दुबई घुमौं यसपालीको दसैं तिहार’ मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो ।
कम्पनीले कुनैपनि ग्राहकले १५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको खरिदमा सो अफरमा सहभागी हुन पाउने छन् । योजना ९ भदौदेखि ३१ असोजसम्म खरिद गरिएका दाहुवाका सामग्रीमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
यस बाहेक बिध म्यानेजमेन्ट प्रालिले दसैंको अवसर पारेर नै खरिद गरौं ‘दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा’ अफर समेत ल्याएको छ । यसअफर अन्तरगत कम्पनीले ३ लाख बराबरको खरिदमा २२ इन्चको मनिटर सित्तैमा उपहार दिनेछ भने २ लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहारमा पाइनेछ । यो अफर योजना लागू भएपछि खरिद गरिएका सामानहरुमा मात्र लागू हुनेछ भने योजना नगद खरिदमा मात्र लागू हुनेछ ।
‘खरिद गरौं दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा’ अफर अन्तरगतको योजना यहि १७ भदौदेखि १४ मंसिरसम्म मात्र लागू हुने बताइएको छ ।
दुवै अफर अन्तरगतका सम्पूर्ण शर्त तथा नियमहरु बिध म्यानेजमेन्ट प्रालिमा निहित हुनेछ भने दुबई भ्रमणको तालिका समयानुकूल तय गरिने कम्पनीले जनाएको छ ।