Logo

कोका–कोला जिरो सुगर आरजीबीमा

कोका–कोला नेपालले कोका–कोला जिरो सुगर रिटर्नेबल ग्लास बोतल (आरजीबी)मा बजारमा ल्याएको छ ।
जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूलाई लक्षित गरेर नयाँँ प्याक ल्याएको कोका–कोलाले जनाएको छ ।
पुन: प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी वातावरण–मैत्री रहेको बताइएको छ । यो काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिलिटरको ग्लास बोतलमा उपलब्ध छ । कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले जिरो क्यालोरीमा कोका–कोलाकै ओरिजिनल रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्