सामान किन्दा उपहार पाउने गोदरेजको दसैं अफर

भारतीय रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यसपालीको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले गोेदरेज होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्नेछन् । यो अफर ९ भदौदेखि सीमित अवधिका लागि नेपालभर पाइने कम्पनीले बताएको छ ।
गोदरेजको सामान खरिदमा ग्राहकले २६ प्रतिशत सम्मको अधिकतम छुट पाउने छन्। यसका साथै अन्य आकर्षक उपहारहरू पनि राखिएको छ । फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै छ केजी वासिङ पाउडर र टप लोड वासिङ मेसिन खरिदमा आकर्षक छुट पाइन्छ । साथै तीन केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाइने कम्पनीले बताएको छ । त्यस्तै सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा दुई केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाइने छ । माइक्रो ओभन, रेफ्रिजेरेटर, एअरकुलर, छोटुकुल, चेस्टफ्रिजरलगायत सामग्री किन्दा पनि आकर्षक छुट पाइन्छ ।
एसीमा आकर्षक छुट र चार हजार रुपैयाँ बराबर को नि:शुल्क एसिजडान सुविधा कम्पनीले उपलब्ध गराउँछ । फ्रि डेलिभरीको व्यवस्थाका साथै शून्य प्रतिशत फाइनान्स सुविधा पनि उपलब्ध छ ।
कम्पनीका सोरुमहरू काठमाडौं उपत्यकाको टङगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धरा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।