एलजीको चाडपर्व लक्षित उपहार योजना

एलजीले दसैंै तिहार २०७९ लाई लक्षित गर्दै ‘चाडपर्वको समय उपहार र नगदमय’ अभियान सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरु र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।
यस योजनाअन्तर्गतका टिभी, साउन्डबार र होम अडियोको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्याँस स्टोभ वा ह्याण्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
एलजी डिसवासरको खरिदमा ग्राहकले डिसवासर कीट प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकले एलजी माइक्रोवेभ ओभनको खरिदमा फ्री खाना पकाउने कीट र एलजी भ्याकुम क्लिनरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
एलजी वासिङ मेसिन फ्रन्टलोड (९ केजीमाथि वा सर ड्रायर) को खरिदमा इण्डक्सन कुकर वा फ्यान हिटर, वासिङ मेसिन फ्रन्टलोड (८ केजीसम्म) को खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेसिन टपलोडको खरिदमा फ्री ड्राइआइरन प्राप्त गर्न सक्नेछन् ।
एलजी स्पील्ट रेसिडेन्सियल एयरकन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले ४ हजार रुपैयाँको नि:शुल्क स्थापना सेवा पाउनेछन् ।