Logo

‘दले दाई’ टेलिसिरियलको पहिलो चरणको छायांकन सकियो

काठमाडौं- टेलिसिरियल ‘दले दाई’ दर्शकमाझ आउँने भएको छ । पहिलो चरणको छायांकन सम्पन्न भइसकेको उक्त टेलिसिरियल अब युट्युबमार्फत प्रसारण हुने तयारीमा रहेको हो । यो टेलिसिरियलका निर्देशक, लेखक तथा निर्माता लामो समयदेखि कलाकारिता क्षेत्रमा भिजेका दीपक शर्मा हुन् ।

शर्माले ‘दले दाई’ मार्फत् नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको बताए । शर्माका अनुसार देशमा जुनसुकै काम गर्दा दलालको सहारा लिनुपर्ने र नेपाली विदेशिन बाध्य हुने कथा समेट्ने यो टेलिसिरियलको उद्देश्य छ । समाजमा घटिरहेका यथार्थ पीडादायक अनुभवहरू यस टेलिसिरियलमा देखाइने प्रयास गरिएकाे छ ।

‘दले दाई’ मा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी ‘कैलु’, शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन् भने वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन् ।

सोही टेलिसिरियलको छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, सम्पादन दिवाकर चौधरी र शीर्ष संगीत सरु पौडेलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्