सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरबीच सम्झौता «

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनलले कैलालीको टिकापुरस्थित कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिसँग सम्झौता गरेको छ ।
सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्‍याफ्टिङका प्याकेजमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत पाउने बताइएको छ । यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्