Logo

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ ।
५ जुन अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका दुई सय महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो । मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्थाको समन्वयमा दुई सय जना महिला किसानलाई जनही २५ किलोग्राम अर्गानिक कम्पोस्ट वितरण गरेको हो । कम्पोष्ट मल वितरण कार्यक्रममा महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका पनि सिकाइएको थियो ।
कम्पोष्ट मल वितरण गर्दै महिला नेतृत्व मञ्चकी अध्यक्ष छाया शर्माले माटोलाई जोगाउन आवश्यक रहेको बताइन् । किसानका लागि हरेक दिन वातावरण दिवस हुनुपर्ने तथा कृषिलाई व्यवसायीमुखी बनाउनुपर्नेमा पनि उनले जोड दिइन् । वातावरण स्वच्छ नभएसम्म मानिसहरु पनि स्वस्थ रहन नसक्ने भन्दै उनले वातावरण स्वच्छ राख्न पनि सबैको भूमिका महत्वपूर्ण हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्