Logo

शौर्य सिमेन्टले ग-यो वृक्षरोपण

शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षरोपण कार्यक्रम गरेको छ ।
शौर्य सिमेन्टका बिक्रेताहरू, उद्योग परिसरका कर्मचारीलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
विभिन्न प्रजातिका फलफूल जस्तै–आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो । उक्त वृक्षरोपणमा प्रत्येक बिक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई बिरुवासँगै राखिएको छ ।
उक्त रोपिएको बिरुवा हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ । शौर्य सिमेन्टका बिक्रेता आरोग्य सप्लायर्सका राजन ढुंगेलले शौर्य सिमेन्टले असल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।
आफ्नो मिर्चैया स्थित उद्योग परिसरबाट सुरु गरेको यो वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिँदै जाने र बिरुवा हुर्काउने सुनिश्चितता सुनेपछि साह्रै हर्षित भएको उनले बताए ।
शौर्य सिमेन्टले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर, आफ्नो क्षेत्रलाई प्रदूषणरहित र हरियालीयुक्त बनाउन अग्रसर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्