जोन डियर ट्र्याक्टर बजारमा

नेपालका लागि जोन डियर ट्र्याक्टरको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले नयाँ ट्र्याकटर बजारमा ल्याएको छ । उक्त ट्र्याकटर पहिलो पटक ५ वर्ष वा ५ हजार घण्टा वारेन्टी दिने यो जोन डियर ट्र्याक्टर अन्यको तुलनामा वलियो विश्वसिलो र भरपर्दो रहेको दाबी कम्पनीले गरेको छ । हरियो र पहेलो रंगमा रहेको यो ट्र्याक्टर किसानलाई सबभन्दा वढी मन पर्ने ट्र्याक्टर हो । नेपालमा १४० वर्षको व्यापारीक इतहिास बोकेको एमभी दुगर्ड अन्तर्गतको विवेक अटोमोबाइल्सले नेपालका किसानहरुका लागि देशभरिनै विभिन्न १५ वटा शाखा र ७ वटा उपशाखा खोली आफ्नो ग्राहकहरूलाई स्तरीय सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।
जितपुर सिमरा, बारास्थित ट्र्याक्टर डिभिजनको मुख्य कार्यालयको वर्कसपको उद्घाटनका क्रममा कम्पनीका क्षेत्रीय म्यानेजरले नेपालमा कृषि क्षेत्रमा रहेको उत्पादनको संभावनालाई मृतरूप दिन यो ट्र्याक्टरले नै संभव रहेको दाबी गरे । त्यस्तै दुगर्ड ग्रुपका उपप्रमुख विवेक दुगर्डले ट्र्याकटर तथा कृषिको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्र्याकटर जोन डियर रहेको बताए । ३६ देखि ५५ एफडब्लूडी हर्षपावर श्रेणीमा उपलब्ध रहेको यो ट्र्याक्टर सबै किसिमका लागि उपयुक्त छ ।