बजार विस्तार गर्दै म्याक कफी «

बजार विस्तार गर्दै म्याक कफी

नेपाली बजारमा मलेसियन कफी म्याकले बजार विस्तार गरिरहेको छ । नेपालका लागि मलेसियनमलेसियन राजदूतावासका चार्ज डीअफएयर्स अहमद फादिल इस्माइलको उपस्थिति तथा फुड इम्पायरका अध्यक्ष तान वाङ च्युओको उपस्थितिमा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । कफी उत्पादक कम्पनी फुट इम्प्पायर होल्डिङ्सद्वारा उत्पादित म्याक कफी नेपालका लागि आक्र्स समूहले बिक्री वितरण गर्दै आइरहेको छ ।
कम्पनीले म्याक कफीलगायतका उत्पादनहरू विश्वका ५० भन्दा बढी मुलुकमा प्रत्यक्ष निर्यात गर्दै आइरहेको तथा ६ वटा देशमा उत्पादन गर्दै आएको अध्यक्ष टानले जानकारी दिए कम्पनीले सन् २०१५ तथा २०१६ मा एसियाको टप ब्रान्ड अवार्डलगायत थुप्रै पुरस्कारहरू प्राप्त गरेको जानकारी उनले दिएका छन् । नेपालमा आक्र्स समूहमार्फत बजार विस्तार भइरहेको र नेपालीबजारमा समेत लोकप्रिय हुँदै गइरहेको र भविष्यमा नेपालको नम्बर १ कफी हुने कुरा बताए । कार्यक्रममा समूहका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा विगत एक दशकदेखि म्याक कफी लोकप्रिय रहेको तथा हालै बजारमा आएको सोही कम्पनीका विभिन्न ब्रान्डका कफी स्वास्थवद्र्धक रहेको र प्रत्येक वर्ष यसको माग वृद्धि भएको बताए । भविष्यमा म्याक कफीको कारखाना नेपालमा स्थापना गरी नेपालमा उत्पादन गर्न सकिने संभावना रहेको र सोबारे छलफलसमेत भएको कुरा बताए ।
कार्यक्रममा नेपालका लागि मलेसियन राजदूतावासका चार्ज डीअफएसयर्स अहमदले म्याक कफी रसियाको नम्बर १ कफी भएको र धेरै मुलुकहरूमा समेत ख्यातिप्राप्त ब्रान्ड भएको हुँदा नेपालमा बजारीकरण सरल हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्