बागबजारमा बनाना क्याफे

काठमाडौंको शंकरदेव रोड, बागबजारमा केराका परिकार उपल्बध हुने रेस्टुराँ बनाना क्याफेको उद्घाटन गरिएको छ । कलकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले बिहीबार शुभम हेम बनाना क्याफेको उद्घाटन गरेका हुन् ।
केराका परिकारहरू जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने शुभम हेम बनाना क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मीठा परिकार पस्किने रेस्टुराँलाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मिठो रहेको बताए भने नायिका तथा गायिका सारिका घिमिरेले पहिलो पल्ट केराका परिकारको स्वद लिएको बताइन् ।
लामो समय विदेशमा बसेर आएर बागबजारमा केराका परिकार पस्किने रेस्टुराँ सञ्चालनमा ल्याएको क्याफेका सञ्चालक प्रमोद सेरचनले बताए । ग्राहकलाई फरक र मिठो स्वादका लागि केराका परिकार रेस्टुराँले उपलब्ध गराएको क्याफेका अर्का सञ्चालक अपेक्षा रञ्जीताले बताइन् । उद्घाटन कार्यक्रममा गायक, कलाकार रमेश थापाको जन्मदिन पनि मनाइएको थियो ।
कार्यक्रममा निर्देशक रामकाजी घिमिरे, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, चलचित्र पत्रत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार भोला अधिकारी, शम्भु ढुंगना, कृष पाण्डेलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।