Logo

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

समृद्धि फाइनान्सले विभिन्न शाखा कार्यालयमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनीले काठमाडौंको पुतलीसडक, पोखरा र बुटवल शाखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह माविमा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा कार्यक्रम सञ्चालन गरेको होे ।
कार्यक्रममा विद्यार्थीलगायत विभिन्न व्यक्तिको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने बताएको छ । यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको कम्पनीका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले बताए ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्