Logo

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।
सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका छन् ।
फाइनान्सले मुद्घति निक्षेपमा १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्