नयाँ वर्षमा हायर इलेक्ट्रोनिक्सको अफर «

नयाँ वर्षमा हायर इलेक्ट्रोनिक्सको अफर

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्ने ग्राहकका लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा ‘कुलेस्ट अफर’ ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशत सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
विभिन्न कलर तथा डिजाइनहरुले परिस्कृत यस हायरका रेफ्रिजेरेटरमा १० वर्षको वारेण्टी रहेको छ । यसका साथै हायरको रेफ्रिजेरेटर शुन्य प्रतिशत ब्याजदरसहित महिनावारी किस्तामा समेत खरिद गर्न सकिनेछ ।
यसैसँग कम्पनीले हालसालै आफ्नो साइड बाइ साइड रेफ्रिजरेटरहरू पनि बजारमा भित्र्याएको छ । फराकिलो तथा कन्भर्टिबल फ्रिज, एक्सपर्ट इन्भर्टर टेक्नोलोजी, डेओ फ्रेस टेक्नोलोजी र म्याजिक कुलिङ जस्ता अन्य विशेषताहरु रहेका यी रेफ्रिजरेटरलाई मनमोहक डिजाइन र लुकले थप आकर्षक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्