एलजीको नयाँ वर्ष लक्षित योजना सार्वजनिक «

एलजीको नयाँ वर्ष लक्षित योजना सार्वजनिक

लजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई नयाँ वर्ष लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरेको जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादन खरिद गर्दा आकर्षक नगद छुट वा एलजीका निश्चित उपहार प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यो अफर ९ फागुनदेखि सीमित अवधिका लागि नेपालभरका एलजीका वितरकहरुबाट पायने बताइएको छ । ग्राहकहरुले एलजीका विभिन्न मोडलका टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनरलगायतका घरायसी प्रयोजनका सामग्रीको खरिदमा आकर्षक नगद छुट जित्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले साइड बाइ साइड र फ्रेन्च डोर फ्रिज खरिद गर्दा विशेष उपहार पाउने बताइएको छ ।
त्यसैगरी, डबल डोर रेफ्रिजरेटर किन्दा उपहार सेट वा ह्यान्ड ब्लेन्डर, माइक्रो वेभ ओभन किन्दा, कुकिंग किट, फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी र माथि ) किन्दा इन्डक्सन कुकर, फ्रन्ट लोड वाशिङ मेसिन (८ केजी) किन्दा एरियल म्याटिक डिटर्जेन्ट (६ केजी ) पाउनेछन् । टप लोड-ट्विन टब वासिङ मेसिनको खरिदमा आइरन र डिश वासरको खरिदमा डिशवासर ट्याब्लेट प्राप्त गर्न सक्ने बताइएको छ ।

यो अभियानले क्यासेट र स्प्लिट ब्ऋ र फ्लोर स्ट्याएलजीडङ ब्ऋखरिद गर्दा ४००० रुपैयाँको एलजीःशुल्क जडानउपलब्ध गराउँछ । त्यस्तै, ग्राहकले पीएम १.० एयर प्युरिफायर गर्दा एलजीःशुल्क एयर फ्रायर प्राप्तगर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्