स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको विशेष सुविधा

मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीका लागि विशेष सुविधा ल्याएको जनाएको छ । कोरोना संक्रमण जारी रहेको अवस्थामा समेत अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेका साहसी स्वास्थ्यकर्मीका लागि यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।
उनीहरुका लागि कम्पनीले मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको (पीएमसी) वार्षिक शुल्क मा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट ल्याएको जनाएको छ ।
क्यापिटलले एएमसी र एक्जिट शुल्कमा ५० प्रतिशत छुट, महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक-मासिक रिपोर्टिङ तथा न्यूनतम लगानी मूल्य ३ लाख रुपैयाँ, अपेक्षित प्रतिफल २० देखि २५ प्रतिशतसम्म उपलब्ध गराउने जनाएको छ ।