Logo

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

सुकेटार विमानस्थलमा हिमपात फुङलिङ, १४ पुस : हिउँले ढाकिएको ताप्लेजुङको सुकेटार विमानस्थल । तस्बिरः दिलकुमार लिम्बू/रासस

मौसममा आएको बदलीका कारण बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन् । बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ । बुधबार पोखरामा कुनै पनि उडान भएन ।
आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले मौसममा आएको बदलीका कारण देशभरको उडान प्रभावित भएको बताए । उडान प्रभावित हुँदा यात्रुको चाप विमानस्थलमा बढेको र धेरैजसो उडान बिहीबारको लागि सारिएको चुडालले जानकारी दिए । बुधबार पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, लुक्ला, भैरहवा लगायतका देशका सबैजसो विमानस्थलको उडान तालिका प्रभावित भएको चुडालले बताए । उडान तालिका प्रभावित हुँदा बुधबार राति ९ बजेसम्म आन्तरिक उडान तथा अवतरण भएको थियो । अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्