व्यापार घाटा कम गर्न हस्तकलाको भूमिका महत्वपूर्ण «

व्यापार घाटा कम गर्न हस्तकलाको भूमिका महत्वपूर्ण

उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताएका छन् ।
हस्तकला स्वर्ण महोत्सव तथा दसौं हस्तकला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली हस्तकलाका वस्तुहरुले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको बताए ।
उनले नेपालको गरिवी न्यूनिकरण गर्न तथा रोजगारीको अवसर सृजना गर्नसो क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको प्रवद्र्धनको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले नेपाली हस्तकलाका बस्तुहरुको युरोप, अमेरिकाजस्ता विकसित देशहरुमा माग बढनु नेपाल र नेपाली हस्तकलाका लागि सबैभन्दा सुःखद् विषय भएको बताए । “हस्तकला नेपालकै मौलिकपनको चिनारी हो ।
नेपाली कलाकारहरुको सीप र कला हो । हस्तकला राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पनि हो” उनले भने, “हस्तकला हाम्रो देशको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र हो । र हस्तकला लाखौंलाख नेपालीहरुको रोजगारीको क्षेत्र पनि हो ।”
उपराष्ट्रपति पुनले नेपालमा हस्तकला क्षेत्रले महिला उद्यमीहरुको विकासमा पनि महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरे ।
ंमहोत्सवका संयोजक रविन्द्र शाक्यले हस्तकला क्षेत्र हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्न सरकारसँग माग गरे । उनले हस्तकला क्षेत्रबारे बुझ्ने र सुन्ने कुनै पनि निकाय नभएको भन्दै तीन वटै तहको सरकारले यसलाई हेर्नेगरी छुट्टै मन्त्रालय स्थापना गर्नेमा आफूहरु आशावादी रहेको पनि बताए ।
संयोजक शाक्यले हस्तकला क्षेत्रको विकासका लागि सरकारले कच्चा पदार्थको निर्यातमा समेत उपयुक्त वातावरण बनाउन नसकेको बताए । “सरकारले हस्तकलाको क्षेत्रलाई कहिल्यै पनि प्राथमिकतामा राखेको छैन । कच्चा पदार्थको एकदमै अभाव छ” उनले भने, “नीतिगत कुनै व्यवस्था छैन । निजी क्षेत्र आफैंले जसातसो गरेर व्यवसाय चलेको अवस्था छ । तर विदेशमा जस्तो हस्तकला हेर्ने र बुझ्ने सरकारी निकायनै छैन ।”
संयोजक शाक्यले आफूहरुले ८ वर्ष अघि बुझाएको हस्तकला नीति अझै कार्यान्वयनमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्