परिसंघको मेक इन नेपालको वेबसाइट सुरुवात «

परिसंघको मेक इन नेपालको वेबसाइट सुरुवात

मेक इन नेपालः स्वदेशी अभियानको वेबसाइट तथा एप सार्वजनिक भएको छ । नेपाल उद्योग परिसंघले सुरु गरेको यस अभियानलाई प्रवद्र्धन गर्न परिसंघले वेबसाइट तथा मोबाइल एप तयार गरेको जनाएको छ ।
परिसंघले यो अभियानलाई देशभर फैलाउने बताएको छ । परिसंघका अध्यक्ष विष्णु अग्रवालले मंगलबार मेक इन नेपाल कार्यक्रमलाई मूर्त रुप दिन बनाइएको वेबसाइट लन्च गरेका छन् । सो क्रममा उनले मोबाइल एपको डेमोसमेत प्रस्तुत गरे । औद्योगिक उत्पादनले अर्थतन्त्रलाई चलायमान बनाउने महसुस गरेर परिसंघले गत फागुनमा मेक इन नेपाल अभियान सुरू गरेको हो ।
अभियानले वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने, वर्षमा एक हजार उद्योग दर्ता गर्ने, ५ वर्षमा कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान दिने र निर्यात १ खर्बबाट बाट ४ खर्ब बनाउने लक्ष्य लिएको छ । नेपालीमा स्वदेशी उत्पादनमा आकर्षण सिर्जना गर्ने र औद्योगिक मैत्री वातावरण बनाउने अभियानको मूल उद्देश्य हो ।
सन् २००० मा उत्पादनमूलक उद्योगको जीडीपीमा योगदान ९ प्रतिशत रहेकामा अहिले ५ मा झरेको छ । यस्तोमा परिसंघले विदेशी सामानमा रहेको मोह कम गर्न स्वदेशी अभियान चलाएको हो । मेक इन नेपाल अभिायनमा गैँडासहितको लोगोले गुणस्तरीय उत्पादन, कम्तीमा २० प्रतिशत मूल्य अभिवृद्धि गरेको र उद्योगले सरकारका सबै नीतिगत व्यवस्था पालना गरी इथिकल बिजनेस गरेको भन्ने बुझिन्छ । यी सबै मापदण्ड पूरा गरेका उद्योगले आवेदन दिएपछि स्वदेशी लोगो प्रयोग गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्