बुद्धकालीन ज्ञान तथा शिक्षालाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड «

बुद्धकालीन ज्ञान तथा शिक्षालाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् ।
बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन् । उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण र सम्बद्र्धनमा अग्रसर हुनुपर्ने पनि बताइन् । जमिनमुनि दबिएका पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तु अझैसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने बताइन् । उनले भनिन्, “हाम्रो मुलुकको मौलिक परम्पराको रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनु पर्दछ । विशेष रूपमा कपिलवस्तु, रुपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्बद्र्धन गर्न अग्रसर हुनुपर्दछ । लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक, सांस्कृतिक महत्वका वस्तु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्बद्ध निकायले ध्यान पु¥याउनु पर्दछ ।”
उनले लुम्बिनी विकास गुरुयोजना चाँडै कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, सांस्कृतिक र पर्यटकीयस्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पु¥याउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्