Logo

कारोबारकर्मी बस्नेत उपाध्यक्ष निर्विरोध

सेजनमा भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं– आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्। उनी सेतोपाटी अनलाइनमा काम गर्छन् ।

सेजनको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा २४६ मत खसेको थियो। यसमध्ये एक मत बदर भएको थियो।

यस्तै उपाध्यक्षमा जीवनकुमार बस्नेत र सचिवमा शंकर प्रसाद पण्डित निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा कमल

बस्नेत निर्वाचित भएका छन् भने कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छन्।

सेजनको पाँच सदस्यीय पदमा अर्जुन तमाङ, सीमा तमाङ, कमल धिताल, राजु बास्कोटा र भोजराज भण्डारी निर्वाचित भएका छन् । नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्