हार्ड रक क्याफे सञ्चालनमा

काठमाडौंमा हार्ड रक क्याफे सञ्चालनमा आएको छ । दरवारमार्गस्थित शेर्पा मलमा सुरु भएको सो क्याफेमा सर्वसाधारणका लागि खुला गरिएको छ ।
संगीत उद्योगका केही कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका,द रोलिङ स्टोन्सर माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको क्याफेले जनाएको छ । मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आएको सो रेष्टुरेन्टले करिब २६० जना अटाउने क्षमता रहेको छ । क्याफेको मेनुको मुख्य आकर्षण बर्गर हो ।
यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहने छ ।
हार्डरक क्याफेले प्रारम्भमा हरेक दिन राती स्थानीय प्रतिभाहरुको साँगीतिक सिर्जना प्रस्तुत गरेर उनीहरुको प्रतिभा प्रवद्र्धनमा सहयोग गर्ने जनाएको छ ।