सोनमको उत्सव सेल अफर सुरू

इन्डोर तथा ओउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक उत्सव सेल अफर सार्वजनिक गरेको छ । भदौ ३० गतेदेखि सुरु भएको सेल असोज १९ सम्म रहने कम्पनीले बताएको छ । अफर अन्तर्गत कम्पनीले छानिएको केही आइटममा ८० प्रतिशत छुट साथै २०७८ का नयाँ गर्मी कोलेक्सनमा १५ प्रतिशत छुट दिएको छ ।
यो योजना सोनमका सबै ओउटलेट तथा अनलाइनमा पनि लागू गरिएको छ । सोनमले आफ्ना सबै सामान नेपाल मै उत्पादन गर्दै आएको छ । सबै उमेरका व्यक्तिलाई हुने डाउन फ्लीस र प्रिमालोफ्ट ज्याकेट, स्वेटर, कोट कम्पनीका उत्पादन हुन् । जुन जाडोका लागि उपयुक्त मानिन्छ ।
सोनमले गर्मीको लागि पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट साथै पन्जा र ब्याग पनि उत्पादन गरिरहेको छ । कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँलगायत पोखरा र चितवनमासमेत आउटलेट खोलिसकेको छ ।