रसुवागढीबाट निर्यात निराशाजनक «

रसुवागढीबाट निर्यात निराशाजनक

चीनसँगको एकमात्र व्यापारिक नाका रसुवागढी नाकाबाट निर्यात निराशाजनक रहे पनि आयातको दर भने निकै बढेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा यो पछिल्लो तीन वर्षमा ६३ अर्ब २२ करोड ६७ लाख रुपैयाँको सामग्री आयात भएकोमा यहाँबाट भने ३ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको सामग्रीमात्र निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
आव २०७२-०७३ मा रसुवागढी नाकाबाट १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँको सामान आयात भएकोमा जम्मा ६१ करोड १५ लाख रुपैयाँको सामान निर्यात भएको थियो । आव २०७३-०७४ मा १५ अर्ब ९७ करोड १७ लाख रुपैयाँको सामान आयात भएको थियो भने ७७ करोड ५३ लाख रुपैयाँको सामग्री यताबाट निर्यात भएको थियो । आव २०७४-०७५ मा १९ अर्ब २५ करोड २३ लाख रुपैयाँको सामान आयात हुदाँ १ अर्ब ८२ करोड ७५ लाख रुपैयाँको सामग्री नेपालबाट चीनतर्फ निकासी भएको कार्यालयको तथ्यांक छ । चालू आवको पुस मसान्सम्म भने १७ अर्ब ३४ करोड रुपैयाँको सामान आयात भएकोमा यहाँबाट भने ५३ करोड १६ लाख रुपैयाँको सामान निर्यात भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । पछिल्लो तीन वर्षमा निर्यात ५.९२ प्रतिशत मात्र बढेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्