घरदैलोमा पुग्दै रोबोट «

घरदैलोमा पुग्दै रोबोट

घरदैलो सेवा व्यवसाय अहिलेको समयमा तीव्रगतिमा विस्तार भइरहेको छ । सानो लगानीमा होउन वा ठूलो लगानीमा होउन घरदैलो सेवाको व्यवसाय द्रुतगतिमा बढदै छ । साना लगानीमा भन्नु पर्दा एउटा थर्मसमा चिया पकायो र युएन पार्कभित्र र बाहिर डुलेर चिया बेच्ने पाउनु हुन्छ । यो घरदैलो सेवाको साना लगानीको नमुना हो । ठूला लगानीमा अनलाइन सेवा खुलेका छन् ।
नेपालमा पनि बैंकिङ सेवा घरदैलो कार्यक्रमअनुसार गर्ने प्रचलन आउन थालेको छ । नेताहरू त जुगौंदेखि चुनाव ताका घरदैलो कार्यक्रममै आउँछन् । पछिल्ला वर्षमा सहरमा खानादेखि लुगाफाटासम्म अनलाइन, फोनबाट लिने चलन छ । तर, अब यही काम रोबोटले गर्ने जमाना आउन थालेको छ । अनलाइनमा ‘अर्डर दिनुस्’, ‘ठेगाना दिनुस्’, ‘भुक्तानी दिनुस्’ र ‘रोजेको खोजेको सामान आफ्नै दैलामा बुझ्नुस्’ । अर्को नमुना अहिले राजधानी लाउडस्पिकर सानो गाडीमा राख्यो । सामान लोड ग-यो । माइकिंग गरी हिँड्यो ‘मनपरेको जीरा चामल रोज्नु, मनपरे लिनुस्, मात्र… रुपैयाँमा’ ।
यस्तो सेवा विश्वभरि फस्टाइरहेको छ । अमेरिकामा यस्तो खुद्रा व्यापारको ठूलो कम्पनी अमेजन हो । यसले अनलाइन सेवाबाट सामान बेच्दै आएको छ । उसले सामान उपभोक्तालाई पठाउन अह्राएको काम गर्ने मान्छे राख्ने गरेको छैन । मेसिनबाट बनेको अह्राएको काम गर्ने डिलिभरी बोट राख्न थालेको छ । उसले हालै यस्तो डिलिभरी बोट ‘स्काउट’ चलनमा ल्याएको छ । यो स्काउटले अमेरिकाको सियाटलस्थित गलीमा सामान पु-याउन थालेको छ । सडकको पेटीमा आफै गुडने यो स्काउटले सामान पु-याउँछ ।
इन्टरनेट क्षेत्रको ठूलो कम्पनीले बुधबार ६ स्काउटबाट आफ्ना उपभोक्तालाई सामान पु-याएको घोषणा ग-यो । राजधानी वासिङ्टननजिक रहेको स्नोहोमिस काउन्टीमा बस्ने आफ्ना उपभोक्तालाई अमेजनले स्काउट रोबोटमार्फत सामान पठायो । यो स्काउट स्वचालित सानो वाहनमा ६ पांग्रा छन् । चहकिलो नीलो रंगको यो डिभाइसले उपभोक्ताका पोका उनको ढोकामा पु-याउने गर्छ । ब्याट्रीको ऊर्जाबाट चल्ने यो डिभाइसको आकार सानो कुलरजस्तो छ । यो डिभाइसले पोका उपभोक्ताको ढोकामा आफै गुडेर पु-याउँछ ।
सहरमा हिड्ने सहरबासी चिन्तित हुनु पर्दैन । यो डिभाइस सडकको पेटीबाट गुडनेछ । अमेजन भन्छ, “चिन्ता गर्नुपर्दैन यो रोबोट सडकको पेटीभएर विस्तारै हिँडछ ।” यो स्काउन उपभोक्ताको घर अगाडि रोकिन्छ र उपभोक्ता आएर यसमा भएको पोका लिन सक्छन् । तर यो डिलिभरी रोबोटले उपभोक्तालाई पहिचान गर्ने विधिबारे स्पस्ट पारिएको छैन । पोस्टमेट्स फुड डिलिभरी रोबोटबाट सामान लिन उपभोक्तालाई केही कोडको प्रयोग गर्नुपर्छ ।
अमेजनका स्काउटले उपभोक्ताका पोका सोमबारदेखि शुक्रबार साताको ५ दिन पु-याउने काम गर्नेछ । अमेजनको स्काउट विभागका उपाध्यक्षले आफ्नो ब्लगमा यस्तो लेखेका छन् । यो डिभाइसले सुरूमा अमेजनका कर्मचारीसँग गएर सामान पु-याउने गरेको भए पनि पछि यो डिभाइसले आफै सामान पु-याउने काम गर्छ । सियाटलको अनुसन्धान तथा विकास प्रयोगशालामा अमेजन स्काउटको विकास गरेको जनाउँदै अमेजनले यो डिभाइसले सडकमा हिँड्ने पैदल यात्रु, पालतु जनावर सबैको वास्तागरी सामान सम्बन्धितको पठाउने काम पूरा गर्ने जनायो ।
प्रारम्भिक रूपमा प्रयोग गरिएको यो स्काउट सेवाबाट कम्पनीले अझ बढी व्यावहारिक ज्ञान आर्जन गरी अझ बढी भरपर्दो एवं विश्वासिलो तबरले घरदैलो सेवा उपलब्ध गराउने अमेजनको तर्फबाट स्काउट विभागका उपाध्यक्षले विश्वास दिलाएका हुन् । स्काउटबाहेक अमेजनले सामान पु-याउने डिलिभिर ड्रोनको विकास गरिरहेको जनाएको छ । डिलिभरी प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने गरी यसको विकास गरिएको अमेजनले जनाएको छ ।
आउँदा केही वर्षमा नेपालका सहरका रेस्टरन्ट वा किराना पसलका मालिकले ‘ए रामे ! युएन पार्कमा कारोबारका सम्पादक साथीहरूसँग बस्नु भा छ । पिजा बर्गर पु-याई दे’ भन्ने दिन समाप्त भएर जानेमा शंका गर्ने ठाउँ नरहेको प्रविधि क्षेत्रका विज्ञहरूको बुझाइ छ । उन्नत भइरहेको हाइटेकको लगानीले नै नेपाल जस्ता सहरमा यस्तो सेवाको विकास गर्न लगाउँछ । मानिसले गर्ने विभिन्न कामहरूलाई गर्न मेसिनको प्रयोग भइरहेको जनाउँदै अमेजनले वेयरहाउसबाट डिलिभरी ट्रकले तपाईको घरदैलामा सामान पु-याउने काम गर्दै आएकोमा अब यो डिलिभरी ड्रोनले गर्ने जनायो ।
घरदैलो सेवामा अमेजन मात्र ठूलो कम्पनी होइन । यसअघि पोस्टमेट्सले सर्भ रोबोट गत डिसेम्बरमा सार्वजनिक गरेको थियो । पोस्टमेट्सका सर्भ रोबोटले ५० पाउन्डको खानेकुरा बोकेर ३० माइलसम्मको दूरीमा एक्लो खर्चमा पु-याउने सेवा उपलब्ध गराउँछ । यसैगरी स्टारसिप टेक्नलजिले पनि ह्याम्बर्ग, वासिंटन र क्यालिफोर्नियाजस्ता विश्वका सहरमा डिलिभर रोबोटको प्रयोग गरिरहेको छ । २० देशका विभिन्न १०० सहरमा १ लाख माइलको दूरीमा डिलिभर रोबोट सेवाको परीक्षण गरिएको छ । यो साता यो कम्पनीले जर्ज मेसन युनिभर्सिटीका विद्यार्थी र कर्मचारीका लागि खोनकुरा पु-याउने काम गर्ने घोषणा ग-यो ।

प्रतिक्रिया दिनुहोस्