ग्लोकल टीन हिरो नेपालका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

वाईवाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।
हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२ मा अनलाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।
वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा पाल्पाका एकराज घिमिरे वातावरणविद्, रामेछापमा मन्दिरा श्रेष्ठ स्वास्थ्य अभियन्ता, विराटनगरका रीत काफ्ले शिक्षक, जनकपुरका सुभाश शर्मा कोडर, इलामका सुलव सुवेदी नवप्रबर्दक र विराटनगरका वैभव नाहटा रहेका छन् ।
नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईण्डियाबाट एकजना सम्मनित भएका छन् ।
वाईवाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरवार्ताको आधारमा यो वर्षको टिन हिरो छानिने आयोजकले जनाएको छ ।