कञ्चनपुर उव संघको अध्यक्षमा मल्ल निर्वाचित «

कञ्चनपुर उव संघको अध्यक्षमा मल्ल निर्वाचित

कञ्चनपुर उद्योग वाणिज्य संघको १६ औं कार्यकारिणीकी समितिको निर्वाचनमा जंगबहादुर मल्ल विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा मल्ल प्रतिस्पर्धी सञ्जीवचन्द्र भट्टलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । मल्लले १६ सय ८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीवचन्द्र भट्टले १३ सय ८१ मत प्राप्त गरेका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी, वाणिज्य उपाध्यक्षमा मदनराज पन्त, उद्योग उपाध्यक्षमा हेमराज जोशी, महासचिवमा वासुदेव जोशी, सचिवमा गणेशराज चटौत र कोषाध्यक्षमा निर्मला भट्ट सापकोटा विजयी भएका छन् । त्यस्तै सदस्यमा कृष्णदेव भट्ट, कृष्णानन्द भट्ट, चेतराज जोशी, धीरज चन्द, विवेक जोशी र यज्ञराज भट्ट विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित जंगबहादुर मल्लले जिल्लाका व्यवसायीहरूको समस्या समाधान गर्दै उचित पहिचानको खोजी गर्ने बताए । उनले भने, “चुनावमा गरिएका बाचा पूरा गर्न निर्वाचित सबैसँग सहकार्य गरेर अघि बढ्छु ।” कञ्चनपुर उद्योग वाणिज्य संघको कार्यसमिति हुँदै अध्यक्षसम्म मल्लको अविजित यात्रा हो ।

 

प्रतिक्रिया दिनुहोस्