हाम्रो पात्रोको ब्राण्ड एम्बेसडरमा क्षेत्री «

हाम्रो पात्रोको ब्राण्ड एम्बेसडरमा क्षेत्री

हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्राण्ड एम्बेसडर बनेका छन् । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्षमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।
एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटाभर्सनमा रहेको यो सुविधा अब चाँडै पूर्णरुपमा आउनुका साथै आईओएसमा समेत उपलब्ध हुनेछ ।
त्यस्तै निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने ‘हिसाब किताब’, परिकार बनाउन सिकाउने ‘हाम्रो भान्सा’ र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने ‘हाम्रो अक्षर’ जस्ता सुविधाहरू थप गर्ने तयारी भइरहेको हाम्रो पात्रोले जनाएको छ ।
सन् २०१० मा सुरु भएको हाम्रो पात्रो अन्र्तगत ‘हाम्रो किबोर्ड’, ‘हाम्रो डिक्सनरी’, ‘हाम्रो लुडो’, ‘कलब्रेक एण्ड जुटपत्ती’, ‘हाम्रो म्यागेजिन’ लगायतका एप समेत सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्