स्मार्टडोकोको रक्षाबन्धन अफर «

स्मार्टडोकोको रक्षाबन्धन अफर

रक्षाबन्धनको अवसरमा अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । यो इकमर्स कम्पनी हालै आईएमएस ग्रुपले प्राप्ति गरेको हो । कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन्। साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् ।
ग्राहकले हिमालयन बैंकको डेबिड, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक, माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याकको छुट पाउने कम्पनीले जनाएको छ ।
स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजनासमेत ल्याएको जनाएको छ । साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । ग्राहकहरुले अफर प्राप्त गर्नका लागि स्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाइटमा गई अर्डर गर्नुपर्ने छ ।
कम्पनीका अनुसार स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्यागेटोरीमामा सामान उपलब्ध छन्। जसमा ग्राहकले सहज ढंगले आफूलाई मन पर्ने प्रडक्टहरु बेबी केयर, इलेक्ट्रिोनिक्स, फूड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एण्ड ब्यूटी तथा होम एण्ड लिभिङलगायतका विभिन्न प्रडक्ट खरिद गर्न सक्नेछन् ।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरीसमेत उपलब्ध गराएको छ । साथै रिङरोड बाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको जनाएको छ । यो अफर यही भदौ २ गतेदेखि ५ गतेसम्म लागू हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्