Logo

आर्थिक विधेयक संसदबाट छिटो पारित गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले संसद्मा विचाराधीन आर्थिक विधेयक छिटो पारित गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वमा चेम्बरका पदाधिकारीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर यस्तो आग्रह गरेको हो ।
अध्यक्ष मल्लले कालो बजार ऐनको सान्दर्भिकता नरहेकाले सो ऐन खारेज हुनुपर्ने माग गरे । उनले नगद ओसारपोसार सम्बन्धी कानुनी व्यवस्था नभएकाले निजी क्षेत्रलाई समस्या आएको र सो को कानुनी व्यवस्था गरिनुपर्ने तथा प्रविधिको दुरुपयोग नियन्त्रणका लागि आवश्यक कानुन तर्जुमा गरिनुपर्ने र घर जग्गा खरिद विक्रीमा ब्रोकर लाइसेन्स सम्बन्धी कानुनी व्यवस्था हुनुपर्ने लगायतका विषयमा मन्त्रीको ध्यनाकर्षण गराए । यस्तै लगानीका लागि स्रोतको वैधतालाई खुकुलो बनाउनुपर्ने लगायत आर्थिक क्षेत्रसँग सम्बन्धित कानुन तर्जुमा गर्दा चेम्बरलाई पनि संलग्न गराउन आग्रह गरेको छ ।
चेम्बरले निजी क्षेत्रलाई कोरोना विरुद्धको खोप उपब्ध गराउन पनि आग्रह गर्दै आएको छ ।
भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले मुलुकको अर्थतन्त्र उकास्न निजी क्षेत्रको अहम भूमिका रहने भन्दै चेम्बरको सुझावलाई गम्भिरतापूर्वक लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्