Logo

चेम्बर अफ कमर्सद्वारा बाढी पीडितलाई राहत सामग्री सहयोग

नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाललगायतका सामग्री उपलब्ध गराएको हो ।


उक्त राहत सामग्री मनाङका लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका हुन् ।


हालैको भीषण वर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लामा जनधनको क्षति पुर्याइ त्यस क्षेत्रका बासिन्दाहरु घरवारविहीन हुनपुगेकाले नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्