आईएमएसले ल्यायो बजारमा क्रेनका उत्पादनहरू «

आईएमएसले ल्यायो बजारमा क्रेनका उत्पादनहरू

काठमाडौं-विश्वकै नम्बर १ ब्रान्ड क्रेनको नेपालस्थित आधिकारिक बिक्रोता आईएमएस ग्रुपले यसका उत्पादनहरू नेपाली बजारमा ल्याएको छ । यस ग्रुपले क्रेन ब्रान्डको स्वास्थ्य एवं जीवनशैलीसम्बन्धी विभिन्न उत्पादनहरू जस्तै कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरू एएर प्युरिफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्री वितरण आरम्भ गरेको हो ।
क्रेन एअर प्युरिफाएर हावालाई शुद्धीकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन हुमडिफायरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुन्छ भन्दै कम्पनीले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगायत अन्य हिउँदमा देखिने समस्याहरूलाई समेत निराकरण गर्ने जनाएको छ । यसै सन्दर्भमा आएमएस ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दीपक मल्होत्राले क्रेन जस्तो अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरीय र लोकप्रिय ब्रान्डको आधिकारिक विक्रेता हुन पाउँदा खुसी लागेको भन्दै यसका उत्पादनहरू स्वास्थ्य लगायत अन्य दृष्टिकोणले पनि अत्यान्त उपयोगी र लाभदायक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्