सीजी ब्राण्डको डिसवासर बजारमा «

सीजी ब्राण्डको डिसवासर बजारमा

सीजी ब्राण्डले घरायसी सामाग्री डिसवासर बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्येनजर गरी सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको कम्पनीले जनाएको छ ।
यी डिसवासर १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरू भएकाले चलाउन सजिलो हुने जनाइएको छ । यी दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वीएलडीसी टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सनलगायतका विशेषता रहेको जनाइएको छ ।
वीएलडीसी टेक्नोलोजी वा हाइड्रो पावर पनि यसको विशेषता रहेको छ । जसको मद्दतले पानी, मोटरको इनर्जी र समयको बचत गर्ने कम्पनीको दाबी छ । १५ प्लेस सेटिङमा ३ वर्ष र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्