Logo

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको छ ।
यसैगरी परिसंघले महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाई १० थान, सेती प्रादेशिक अस्पताल धनगढीलाई २० थान, राप्ती प्रादेशिक अस्पताल दाङलाई १० थान, भेरी प्रादेशिक अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ३० थान र कोसी प्रादेशिक अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
कोरोनाको संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिण्डर अभाव भइरहेका बेला परिसंघले अस्पतालका लागि सिलिण्डर उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्