कोरोनाको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५% छुट

चन्द्रागिरि केवलकारले कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाएकालाई २५ प्रतिशत छुट दिने भएको छ । २५ प्रतिशत छुट पाउन खोप कार्ड टिकट काउन्टरमा पेस गर्नुपर्नेछ ।
यो योजना यही वैशाख ९ बाट आउँदो जेठ १७ गतेसम्मका लागि रहेको कम्पनीले जनाएको छ ।