Logo

अध्यक्षमा राना सर्वसम्मत

निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ को अध्यक्षमा बलीभद्र राना सर्व सम्मत चयन भएका छन् । महासंघको दाङमा सम्पन्न प्रथम अधिवेशनले राना लाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द निर्वाचित भएका छन् । उपाध्यक्षमा मञ्जु भुषाल, नवीन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द लम्साल चयन भएका छन् । त्यस्तै अधिवेशनले  महिला उपाध्यक्षमा गंगा पोख्रेल, महा सचिवमा प्रकाश शाहलाई चयन गरेको छ । त्यस्तै नीतिगत कार्यभार उपमहासचिवमा टीकाबहादुर श्रेष्ठ (सन्तोष), आन्तरिक कार्य भार उपमहासचिवमा पवनकुमार कुँवर र प्रशासनिक उपमहासचिवमा दिनेशकुमार हमाल चयन भएको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर पोख्रेलले जानकारी दिए । कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्र, सह–कोषाध्यक्षमा प्रकाश बस्नेत चयन भएका छन् । त्यसै गरेर  खुला सदस्यहरूमा जविन कक्षपती,  ढुण्डीराज पोख्रेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बीएम दीपककुमार श्रेष्ठ चयन भएको मुख्य निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए । अधिकृत पोख्रेलका अनुसार एसोसिट सदस्यमा वामदेव रेग्मी,महिला सदस्य नलिन गौतम भुषाल, वस्तुगत सदस्य अजय राना, मधेशी, मुस्लीम र पिछडा वर्गबाट रमेशकुमार मिश्रा र जनजाति सदस्यमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेसन २ दिनसम्म दाङको घोराहीमा भएको थियो । प्रदेश नं. ५ ले देशभरका सातैवटा प्रदेशमध्य सबैभन्दा पहिले नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन व्यवसायी महासंघ प्रदेश नं. ५ को प्रथम अधिवेशनकोमुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्