Logo

झरनामा झोलुङ्गे पुल

पाँचथरको फालेलुङ गाउँपालिका ५ र ६ को सिमानामा रहेको मुवा झरना झोलुङ्गे पुल बने पछि आन्तरीक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि र फालेलुङ गाउँपालिकाको आर्थिक सहयोग सिरिजंगा ग्रमिण बिकास केन्द्र र आरट्याप धरान, टिबिएसयु धरानको सामाजिक तथा प्रबिधिक सहयोगमा झरना माथि झोलुङ्गे पुल बने पछि आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो ।
पहिला गुमना रहेको झरना झोलुङ्गे पुल बने पछि चर्चा मा आउन थालेको मुवा झरना तीनछाँगे संरक्षण प्रबद्र्धन समिति’ का अध्यक्ष तथा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रबिन जबेगुले बताए । गत आ.व मा फालेलुङ गाउँपालिकाले बजेट बिनियोजन गरे पछि चालु आवमा मुवा झरनामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । सो पुल त्रिचालिस लाख एक्काइस हजार दुई सय चौध रुर्पैया लागतमा निर्माण भएको सिरिजंगा ग्रमिण बिकास केन्द्रका प्रबिधिक रामकुमार आङदेम्बेले जानकारी दिए ।
झरनाको दृष्याअवलोक गर्नको लागी केही महिना अघिदेखि आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ,’ अव यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रकोरुपमा बिकास गर्न लक्ष्य रहेको मुवा झरनाको प्रवद्धनमा काम गरिरहेको स्थानिय दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए । झरना क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरि यस झरनामा आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य रहेको बान्तवाले बताए ।
मुवा झरनामा १२ महिनानै निरन्तर पानी झरिरहने हुदाँ झरनाको दृष्यावलोक जुनसुकै सिजनमा गर्न सकिने बान्तवाले बताए । स्थानिय राई भाषाबाट यो भरनाको नामा राखिएको स्थानिय दिपक राईले बताए । निरन्तर बगिरहने भएकाले यस्को नामा मुवा भरना राखिएको राईले बताए । उनका अनुसार राई भासामा मुवाको अर्थ निरन्तर बगिरहने आँसु रहेको राईले बताए ।
झरनाको पूर्वाधार विकास गर्नका लागि वडा नम्बर ५ र ६ ले संयुक्त रुपमा बजेट छुट्याउन सुरु गरेको वडा नम्बर ६ का वडाध्यक्ष सुजता राई ले बताइन् । यो बजेटले झरनासम्म पुग्न सडकको ट्रर्याक खोल्ने कार्य भएको छ । फालेलुङ गाउँपालिकाले तीन लाख छुट्याएको छ । यस भरनाको प्रवद्धनको लागी आफ्नो वडाले कुनै कसर बाँकी नराख्ने राईले बताइन् ।
फालेलुङ गाउापालिकामा रहेका मुवा झरना ,तीनछाँगे झरना लगायत अन्य झरनाहरुको प्रबद्धनको लागी तिनै तहको सरकारले सहकार्य गरि पर्यटकिय क्षेत्रको प्रबद्धन गर्नु पर्ने मुवा झरनाको अबलोकन गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टि(नेकपा) का प्रदेश सदस्य हर्क बहादुर नेम्बाङ ‘मिक्सा’े ले बताए ।

प्रतिक्रिया दिनुहोस्