Logo

दरबारमार्गमा क्याफे कफी डे

भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डेले आफ्नो तेस्रो नयाँ आउटलेट दरबारमार्गमा खोलेको छ । यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसँग क्याफे कफी डेको समापन गर्ने लक्ष्य राखेको छ । नेपालकी लोकप्रिय नायिका तथा उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्काद्वारा औपचारिक रूपमा आउटलेटको उद्घाटन भव्य समारोहबीच गरिएको हो । लोकप्रिय क्याफेले आफ्नोे सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ र यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोस पनि गरेको छ ।
यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराइने भन्दै कम्पनीले यसमा खानाको परिकारका साथै पेय पदार्थहरूमा पनि विकल्पहरू देख्न सकिने जनाएको छ । सीसीडीले नेपाली उपभोक्ताहरूका लागि गौरवका साथ आफ्नो नयाँ मेनुमा मःम पनि समावेश गरेको जानकारी गराउँदै कम्पनीले मेनुमा अन्य अन्तर्राष्ट्रियस्तरमै सबैलाई मनपर्ने पिज्जाका साथै बिर्यानी, चिकेन बटर मसला विथ राइश र वोक टोस्ट ओरिएंटल फ्राइड राइसजस्ता परिचित परिकारहरू पनि समावेश गरिएको जनाएको छ ।
उक्त नयाँ आउटलेट दुइटा फ्लोरमा विभाजित गरिएको छ जसको पहिलो तल्लामा ४० जना बस्ने क्षमता छ भने दोस्रो तल्लामा ३० जनाको सिट क्षमता छ । जहाँबाट काठमाडौंका अनेकन रमाइला दृश्यहरू अवलोकन गर्न सकिन्छ । साथमा क्याफे कफी डेका क्याफेहरूमा स्थानीय वास्तुकला र परिदृश्यदेखि प्रेरित विशिष्ट नेपाली डिजाइनका कलाकृतिहरू समेत हेर्न र महसुस गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्