Logo

‘शिवम्ं’ ओपीसी सिमेन्ट बजारमा

गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकैं नं. १ ओपीसी सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले ‘शिवम्ं’ ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । मजबुत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षाैंदेखि ग्राहकहरूलाई गुणस्तरीय सिमेन्ट पस्कँदै आएको यस शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम्ं’ ओपीसी सिमेन्टमार्फत उपभोक्ताहरूलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।
नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१,आईएसओ १४००१ लगायत विभिन्न गुणस्तर प्रमाणित यस ‘शिवम्ं’ सिमेन्टमा थप अटुट कम्प्रिहेन्सिभ स्ट्रेन्थ रहेको कम्पनीले दाबी गरेको छ । जसले निर्माणलाई थप मजबुत र सवल बनाउने छ । यस ‘शिवम्ं’ ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरूमा बजारमा उपलब्ध सिमेन्टहरूमध्ये उत्कृष्ट छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित वितरकहरूमा मात्र उपलब्ध हुने जानकारी यसै प्रेस विज्ञप्तिका मार्फत गराउँछौं । मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुंगा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट ‘शिवम्ं’ ओपीसी सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नका लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ गरिएको छ । गुणस्तरीय उत्पादनहरूलाई प्राथमिकता दिने सम्पूर्ण ग्राहकहरूले ‘शिवम्ं’ ओपीसी सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिनुहुनेछ भन्ने विषयमा शिवम् सिमेन्ट लिमिटेड आशावादी छ ।

प्रतिक्रिया दिनुहोस्