Logo

अबको प्रतिस्पर्धा ‘कनेक्टिभिटी’मा

रोचक कुरा त के भने अटो निर्माताहरुको नयाँ युद्ध क्षेत्र अब ककपिटमा सिफ्ट भएको छ । अत्याधुनिक इलेक्ट्रिोनिक्स र कनेक्टिभिटीप्रति चालकको बढ्दो रुचीका कारण ककपिटहरु पूर्ण रुपमा डिजिटल भइसकेका छन् । आजका अधिकांश कारमा अत्याधुनिक इन्फोटेनमेन्ट जडित डिजिटल ककपिट छन् । कार निर्माताहरुले अहिले इन–कार सपिङ र इन–कार पेमेन्टको समेत विकास गरिसकेका छन् ।

विश्व अटोमोबाइल उद्योगले अहिले व्यापक परिवर्तनको चरण पार गरिरहेको छ । आजका कार पांग्रामाथि बनेको कम्प्युटरजत्तिकै छन् र दशकअघिका कारभन्दा धेरै फरक पनि छन् । वास्तवमा अटो क्षेत्र अहिले क्रान्तिकारी परिवर्तनको संघारमा छ । अहिलेको बजारमा अटोनोमी (स्वचालित कार), कनेक्टिभिटी (सम्पर्कता), इलेक्ट्रिफिकेसन (विद्युतीकरण) र सेयर्ड मोबिलिटी (साझा गतिशिलता) जस्ता ट्रेन्डले आफ्नो स्थान जमाउन खोजिरहेको देखिन्छ ।
स्वचालित कारलाई करिब सबै कार निर्माताहरुले प्राथमिकतामा राखेको देखिन्छ । केही वर्षभित्रै यस्ता स्वाधीन कार सार्वजनिक गर्ने लक्ष्य उनीहरुको छ । लेन डिपार्चर वार्निङ सिस्टम, ब्रेक असिस्ट, स्मार्ट नेभिगेसन सिस्टम, पार्किङ र ट्राफिक असिस्ट र कोलिजन असिस्ट जस्ता फिचर विकास भइसकेका छन् ।
अझ रोचक कुरा त के भने अटो निर्माताहरुको नयाँ युद्ध क्षेत्र अब ककपिटमा सिफ्ट भएको छ । अत्याधुनिक इलेक्ट्रिोनिक्स र कनेक्टिभिटीप्रति चालकको बढ्दो रुचीका कारण ककपिटहरु पूर्ण रुपमा डिजिटल भइसकेका छन् । आजका अधिकांश कारमा अत्याधुनिक इन्फोटेनमेन्ट जडित डिजिटल ककपिट छन् । कार निर्माताहरुले अहिले इन–कार सपिङ र इन–कार पेमेन्टको समेत विकास गरिसकेका छन् ।
ओटीए (ओभर द एयर) अपडेट जस्ता कनेक्टिभिटी फिचर अहिले आधारभूत आवश्यकता जस्तै भइसकेको छ, तर यस्तो प्रविधिले कारमाथि साइबर हमलाको जोखिम भने पक्कै बढाएको छ । कार सफ्टवेयरको प्रयोग तीव्र गतिमा बढिरहेको छ र कार निर्माताहरु सूचना प्रविधि उद्योगसँग साझेदारी गरिरहेका छन् । केहीले त साना आईटी कम्पनीहरुलाई यस्तै प्रयोजनका लागि अधिग्रहणसमेत गरिसकेका छन् ।
भारतीय अटो बजार पनि विश्वव्यापी यो प्रवृत्तिबाट अछुतो रहने कुनै भएन । अधिकांश भारतीय कार निर्माताले पनि कनेक्टेड कार फिचर प्रयोग गर्न थालेका छन् । टाटा मोटर्सले माइक्रोसफ्टसँग काम गरिरहेको छ । निसान इन्डियाले प्वान्टरसँग, होन्डा कार इन्डियाले आईबीएम वाट्सनसँग, मिन्डा आईकनेक्टले माइक्रोसफ्ट इन्डिया र रिलायन्स जिओ इन्फोकमले एयरवायरसँग मिलेर यो क्षेत्रमा काम गरिरहेका छन् ।
यसै सन्दर्भमा भारतमा केही समयअघि कनेक्डेट भेहिकलका सम्बन्धमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा एटी एन्ड टी इन्डियाका प्रबन्ध निर्देशक अरुण कर्णले कनेक्टेड भेहिकलले अटो क्षेत्रमा क्रान्ति ल्याउने बताए । उनले कारहरुका पांग्रामाथि बनेका कम्प्युटर तथा डाटा सेन्टरजस्तै बनेको बताए । उनले स्वचालित कारहरु केही वर्षमै सडकमा गुड्न थाल्ने तर फ्रन्ट कोलिजन वार्निङ, ब्रेक असिस्ट, ब्लाइन्ड स्पट मनिटर, सेल्फ पार्किङ, रिमोट पार्किङ जस्तो प्रविधि पहिले नै तयार भइसकेको पनि जानकारी दिए । ‘यी प्रविधिले मानवीय त्रुटीलाई कम गर्नेछ र यात्रालाई थप सुरक्षित बनाउनेछ,’ उनले भने ।
भीटुएक्स (भेहिकल टु एभ्रिथिङ) र भीटुभी (भेहिकल टु भेहिकल) कम्युनिकेसन जस्ता फिचरले दुर्घटना र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग गर्छ । यस्तो प्रविधिमार्फत् पूर्वाधार र कारबीच सञ्चार हुन्छ ताकि कारलाई अगाडि सडक मर्मत भइरहेको वा स्पिड कम गर्ने सन्देश प्रवाहित गर्न सकिन्छ । कनेक्टिभिटीले कारहरुबीच रियल–टाइम डाटा एक्सचेन्ज गर्न समेत मद्दत गर्छ । यसले ओभरटेक गर्दा सहयोग पु-याउँछ ।
साथै सेन्सरहरुबाट प्राप्त डाटालाई दुर्घटनाहरु सम्भावित अवस्थाबारे विश्लेषण गर्न प्रयोग गर्न सकिन्छ । रियल टाइम ट्राफिक इन्फर्मेसनलाई सडकमा भीडभाडलाई कम गर्न प्रयोग गर्न सकिन्छ । यसबाट इन्धन खपत बचाउनुका साथै उत्सर्जनलाई घटाएर वातावरणको संरक्षणसमेत हुन्छ ।
यीबाहेक कनेक्टेड कारले म्यापिङ सर्भिस, इन–भेहिकल इन्फोटेन्मेन्ट, सपिङ इन द गो, कनेक्टेड अफिस, रिमोट डाइग्नोस्टिक्स र कार सफ्टवेयर अपेडट गर्न पनि मद्दत पु-याउँछ ।
मारुती सुजुकी इन्डियाका वरिष्ठ कार्यकारी निर्देशक सीभी रमनले आफूहरु अभूतपूर्व प्रविधि हासिल गर्न अनुसन्धानरत रहेको बताए । ‘कार भनेको फरक उद्योगबाट बनेका प्रविधिको समिश्रण सहित बनेको हुन्छ । अहिलेसम्म मेकानिकल प्ल्याटफर्ममा रहेका सवारीसाधनमा भविष्यमा इलेक्ट्रोनिक्स र सफ्टवेयहरु जडान गरिएका हुनेछन्,’ उनले भने, ‘भविष्यमा यो झनै जटिल बन्नेछ । भावी कारमा इन्टेलिजेन्ट सेन्सर, एक्च्युएटर र इलेक्ट्रोनि कन्ट्रोलरहरु हुनेछन् ।’ यस्तो प्रविधिले कारको दुनियामा नयाँ आयाम थप्नेछ ।

प्रतिक्रिया दिनुहोस्