कन्काई विकास बैंकले एलआईसीको जीवन बिमा योजना बेच्ने «

कन्काई विकास बैंकले एलआईसीको जीवन बिमा योजना बेच्ने

 कन्काई विकास बैंकले एलआईसी नेपालस“ग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले झापाको दमकमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्राहकहरूको चाहनाअनुसार एलआईसी नेपालको जीवन बिमा योजनाहरू सबै शाखा कार्यालयहरूबाट बेचिने जानकारी गराएका थिए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत दस्तिदारले एलआईसी नेपालको उच्चतम बोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरूले यस कम्पनीको योजनाहरू लिने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्