पोखरामा भोल्भोको नयाँ शाखा «

पोखरामा भोल्भोको नयाँ शाखा

भोल्भो निर्माण उपकरणको नेपालस्थित आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रालिले प्रदेश नं ४ अन्तर्गत पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखा यहाँ संचालन गर्नुको मुख्य उद्देश्य भनेकै आदरणीय ग्राहक महानुभावहरूलाई भोल्भो र एसडिएलजीका उत्पादनहरूको जगेडा पार्टपुर्जा सजिलै उपलब्ध गराउनुका साथै उत्कृष्ट सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
एक्स्प्लोर अर्थमुभर्सले भोल्भो र एसडिएलजिका विविध उत्पादनहरू जस्तैः एक्स्क्याभेटर इसी२१०डी, ग्रेडर जी९१९० र जी९१३८, लोडर एलजी९३६एल र एलजी९५६एफ, क्म्प्याक्टर एसडी११०बीए, ट्यान्डेम रोलर डीडी९०बी र न्यूम्याटिक रोलर पिटि२२० को नेपालमा कारोबार गर्दै आइरहेको छ । एक्स्प्लोर अर्थमुभर्सले नेपालको प्रदेश नं ४ ले समेटेका जिल्लाहरू कास्की, पर्वत, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, मुस्ताङ, मनाङ र नवलपरासीका ग्राहकहरूलाई लक्षित गर्दै उनीहरूलाई चाहिएको समयमा नै छिटो सेवा प्रदान गर्न र जगेडा पार्टपुर्जाहरू उपलब्ध गराउन यो शाखाको स्थापना गरेको पनि जनाएको छ । सेवा प्रक्रियलाई अझ विश्वसनीय र सुविधाजनक बनाउनका लागि कम्पनीले १०ः१ यान्त्रीक उपकरणको अनुपातमा प्राविधिकहरूको व्यवस्था गरी योग्य र क्षमतावान् आवासीय प्राविधिकहरूको समेत व्यवस्था गरेको छ ।
ग्राहकहरूले आफ्नो निर्माण उपकरणको लागि बिक्रीपछिको सेवा सहजताका साथ प्राप्त गरेर अझ ज्यादा लाभ लिन पाउनु हुनेछ, जसले गर्दा उनीहरूले निर्माण कार्य र अन्य क्षेत्रहरूमा धेरै काम गर्न पाउनेछन् । उद्घाटन कार्यक्रममा भोल्भो इस्ट एशिया प्यासिफिक, सिंगापुरका निर्देशक पेजीङ पेङले भोल्भोको नीतिहरू र नेपालको सम्बन्धमा लिइएको योजनामाथि प्रकाश पारेका थिए भने टिजेले उत्पादनको बजारीकरणका बारेमा बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्