पहिलो पटक गाडीहरूको अक्सन मेला

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रालिको सह–कम्पनी सिप्रदी अस्र्योडद्वारा नेपालमा गाडीहरूको बृहत् अक्सन मेला आयोजना गर्ने भएको छ । उक्त अक्सन मेला यही जेठ ११ र १२ गते सिप्रदी अस्र्योड थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुनेछ । नेपालमा पहिलो
पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्रान्डका ६० भन्दा बढी ब्रान्डेड गाडीहरू समावेश हुनेछन् ।
सेकेन्ड ह्याण्ड गाडीहरूको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको सिप्रदी अस्र्योडद्वारा आयोजित यस मेलामा ग्राहकहरूले आफूलाई मन परेको वा आवश्यक गाडीको अधिकतम बोलीलगाई उक्त गाडीलाई आफ्नो बनाउन सक्ने छन् । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै सिप्रदी अस्र्योडद्वारा आयोजित उक्त अक्सन मेलामा वारेण्टी सहित गाडीहरूको नामसारी पनि गरिनेछ ।