लालबन्दी र बेलबारीमा लक्ष्मी बैंकको शाखा «

लालबन्दी र बेलबारीमा लक्ष्मी बैंकको शाखा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार सर्लाहीको लालबन्दी र मोरङको बेलबारी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यी थप शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा संजाल ८० पुगेको छ भने बैंकका ३ हस्पिटल सेवा काउन्टर, १ सय १ एटीएम, २ हजार ५ सयभन्दा बढि रेमिट्यन्स्, ५१ शाखारहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्ट संख्या पुगेको छ । बैंकले यी शाखाहरुका साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको पनि जनाएको छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैकले लिएको बताएको छ । आव २०७३ /७४ मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार ७०.९० अर्ब छ । सोही आवमा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्